देश

ओलीको ‘हावादारी गफ’ ले देश बर्बाद भएको दाहालको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हावादारी गफ’ ले देश बर्बाद भएको आरोप लगाएका छन्।

संसद भवन बाहिर पत्रकारसँग कुरा गर्दै दाहालले प्रधानमन्त्रीले धरातल छोडेर केवल गफमात्र दिइरहेको टिप्पणी गरे। उनले भने, “गफ दिँदा जे बोले पनि हुन्छ, तर वास्तविकता जनतालाई थाहा छ। धरातल छोडेर हावादारी गफ गर्नुभएको छ, त्यसैले देश बर्बाद भएको हो।”

दाहालका अनुसार त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट रंगशालाबारे आफूले सदनमा बोलेको कुरा यथार्थसँग मेल खान्छ। “टियु म हेरेरै बोलिरहेको छु। मैले भनेको कुरा ठिक छ, तर प्रधानमन्त्रीले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ, त्यो गलत हो,” उनले स्पष्ट पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *