देश

आठ दिनको उपचारपछि सानो खैरो गिद्ध पुनः प्रकृतिमा

कञ्चनपुर। आठ दिनको उपचारपछि स्वस्थ बनेको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ। कैलालीको लालीगुराँस सामुदायिक वनबाट बिरामी अवस्थामा उद्धार गरिएको गिद्धलाई एनटिएनसीका भेटेरिनरी चिकित्सक विकल्प कार्कीको टोलीले उपचार गरेको थियो।

पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट उडेको गिद्ध भारतका विभिन्न बस्ती हुँदै कैलाली पुगेको नेपाल पक्षी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराले बताए। वर्षातमा झुण्डबाट छुट्टिएर लामो दूरी तय गर्दा पानी र आहारको कमीका कारण बिरामी भएको अनुमान गरिएको छ।

गिद्धको खुट्टामा जडान गरिएको ‘जे १६’ रातो स्याटेलाइट ट्यागबाट उसको उडान मार्ग ट्र्याक गरिएको छ। गिद्धलाई निकुञ्जको सुरक्षित क्षेत्रमा छाडिएपछि पुनः बासस्थानमा फर्किने अपेक्षा गरिएको छ। यो प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले अतिसङ्कटापन्नको सूचीमा राखेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *