देश

भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय : प्रधानमन्त्री

आवाजा (तुर्कमेनिस्तान)।प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए ।

‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरूको कर्तव्य हो’, उनले भने, ‘यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं भन्ने आव्हान हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *