काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबा पोखराको लेकसाइडबाट पक्राउ परेकी छन् ।
विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा संलग्न रहेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको हो ।
साइबर अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीको साइबर ब्युरोको अनुरोधमा काठमाडौं जिल्ला अदालतले २६ साउनमा पक्राउ पुर्जी जारी गरेको थियो ।
सोही आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले वाइबालाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
यसअघि पनि वाइबा साइबर अपराध र कुटपिटसम्बन्धी अभियोगमा पक्राउ परेकी थिइन् ।




