विश्व

अचानकको बाढीले खिर गंगा तहसनहस : ४ जनाको मृत्यु, ५० बढी वेपत्ता

काठमाडौँ ।भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित खिर गंगामा छोटो समयमै भीषण बाढी आएको छ। कल्पनाभन्दा बाहिरको तीव्र गतिको बाढीले नदी किनासका वस्ती तहसनहस पारेको छ।

क्षतिको विवरण नआएपनि ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। भास्कर डटकमका अनुसार अहिलेसम्म ४ जनाको मृत्यु र ५० भन्दा बढी वेपत्ता भएको पुष्टि भएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

धराली गाउँका स्थानीयले धेरै होटलहरू बगाएको र धरालीको सम्पूर्ण बजार ध्वस्त भएको बताएका छन् । सरकारले कुनै किसिमको चेतावनी जारी नगरिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।अहिले राहत र उद्धारको कार्य शुरु गरिएको र केन्द्र सरकारले पनि राहतका लागि टोलि पठाएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *