देश

राप्ती राजमार्गः पहिराले दाङ–सल्यान सडक अवरुद्ध

दाङ। अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिए ।

लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन् । सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिए । यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *