काठमाडौं । उच्च अदालत पाटनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई ३–३ लाख रुपैयाँ धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
जिल्ला अदालत काठमाडौंले मिश्र र राणालाई ३–३ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशविरुद्ध सरकारी पक्ष उच्च अदालतमा पुनरावेदनमा गएको थियो ।
मंगलबार उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश सदर गर्दै मिश्र र राणालाई धरौटीमा नै रिहा गर्ने निर्णय सुनाएको हो ।
यससँगै मिश्र र राणाले अब कारागारबाहिरै रहेर मुद्दा लड्न पाउने भएका छन् ।
उनीहरूविरुद्धको मुद्दा अझै न्यायिक प्रक्रियामा रहे पनि अदालतको आदेशपछि तत्काल कारागार बस्नुपर्ने अवस्था भने हटेको छ ।




