देश

रातारात पोखरा पुगेको हायू परिवार गाउँ फर्किन तयार

पोखरा। सिन्धुलीबाट रातारात पोखरा पुगेका १९ जनाको हायु परिवार पुरानै थातथलो सिन्धुली फर्किने भएको छ ।

हायु परिवार सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पा फर्कन तयार भएको हो । यसअघि वडाध्यक्ष नै पोखरा पुगेर फर्कन आग्रह गरेपनि इन्कार गरेकामा अन्ततः फर्कन तयार भएका हुन् ।

सिन्धुली फर्किए पनि उनीहरू पुरानो घरमा भने नबस्ने गोलन्जोर गाउँपालिका-६ वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उनीहरूलाई केही समय आफ्नै घरमा राख्ने र पछि अन्यन्त्र स्थानमा आवास बनाएर स्थानान्तरण गरिने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *