देश

प्रचण्डको घोषणा: ‘विसंगतिविरुद्ध जनतामा जान्छौं’, ‘गुटबन्दी अन्त्य गर्ने’ संकल्प

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले एक पटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले पुनः एक पटक विसंगति का विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको बताए ।

उनले पार्टी एकतावद्ध रहेको र अबदेखि अझ सुदृढ एकताको साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामुहिक संकल्प लिएको बताए । ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी, जसले यो परिवर्तनमा सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भुमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौति हाम्रो अघि थियो । यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ । पार्टी एकतावद्ध भएको छ । हामीले सामुहिक प्रतिवद्धता गरेका छौँ । अबदेखि अझ सुदृढ एकताको साथ, सबैखाले गुटबन्दी, समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ । फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको छ’ उनले भने ।

अध्यक्ष दाहालले कुलिङ पिरियड छेडखानीका दोषीलाई कारबाही गर्नेगरी समितिले प्रतिवेदन ल्याउने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *