देश

५ हजार ३०० कोटाका लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ईपीएस कोरिया शाखाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । कुल ५,३०० कोटामध्ये ३,५०० उत्पादनमूलक र १,८०० कृषि तथा पशुपालन क्षेत्रका लागि छ ।

एक व्यक्तिले एक क्षेत्रमा मात्र आवेदन दिन पाउनेछ । भाषा परीक्षा उत्तीर्ण गर्नेले दोस्रो चरणको स्किल र कम्पिटेन्सी टेस्ट दिएर रोजगार आवेदन भर्न पाउनेछन् ।

१८ देखि ३९ वर्ष उमेरका, फौजदारी सजाय नपाएका, कोरियाबाट फिर्ता नभएका र अन्य मुलुकमा रोक नलागेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन साउन २६ देखि ३१ गतेसम्म दिन सकिनेछ । परीक्षा काठमाडौंमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *