देश

‘पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ’: सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्व. पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताएका छन् ।

उनको नवौँ दिनको पुण्यतिथिका अवसरमा नेपाली काँग्रेस चितवनले गुरुङको निवासमा आइतबार आयोजना गरेको श्रद्धाञ्जली सभामा उनले गुरुङ निष्ठावान् नेता भएको बताए ।

गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली काँग्रेस चितवनका पूर्व सभापति गुरुङमा क्रान्तिकारीपन रहेको भन्दै सभापति देउवाले गुरुङले छोडेर गएका काम सबै मिलेर पूरा गर्नुपर्ने बताए । उनले भने, “उहाँ मेरो पुरानो साथी हो । उहाँले छोडेर गएका काम हामी सबै मिलेर गर्नुपर्छ ।” जिल्लामा गुरुङले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको सभापति देउवाको भनाइ थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *