देश

भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, सवारी आवगमन बन्द

मन्थली (रामेछाप)। रामेछापको मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने भटौली खोलाको पक्की पुल बाढीका कारण क्षतिग्रस्त बनेको छ।

शुक्रबार रातिको अविरल वर्षाले खोलामा आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको हो। सडकको एक भाग खोस्रिएपछि अहिले दुईपाङ्ग्रे सवारीसाधनबाहेक अन्य सबै सवारी आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

पुल जोखिममा रहेकाले नेपाली सेना र सशस्त्र प्रहरी बलले बाटो खुलाउन प्रयास गरिरहेको छ।

प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा र सुरक्षाका उच्च अधिकारीहरू सहितको टोलीले शनिबार स्थलगत अवलोकन गरी मर्मतका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

स्थानीय वासिन्दाले खोलामा कटान सुरु हुँदा जानकारी गराए पनि बेवास्ता गरिएकाले स्थिति गम्भीर भएको बताएका छन्।

रामेछापको तीन गाउँपालिकालाई सदरमुकामसँग जोड्ने र काठमाडौंतर्फको वैकल्पिक मार्गका रूपमा प्रयोग हुने यो पुल गत वर्ष खुर्कोटको पुल बगाएपछि झनै महत्त्वपूर्ण बनेको थियो। हाल पनि भारी सवारी यही बाटो भएर चल्ने गरेकामा पुल क्षतिग्रस्त भएपछि आवागमन पूर्ण रूपमा रोकिएको छ।

पुलमा क्षति, सवारी आवागमन अवरुद्ध

मन्थली (रामेछाप), १८ साउन – रामेछापको मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने भटौली खोलाको पक्की पुल बाढीका कारण क्षतिग्रस्त बनेको छ।

शुक्रबार रातिको अविरल वर्षाले खोलामा आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको हो। सडकको एक भाग खोस्रिएपछि अहिले दुईपाङ्ग्रे सवारीसाधनबाहेक अन्य सबै सवारी आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

पुल जोखिममा रहेकाले नेपाली सेना र सशस्त्र प्रहरी बलले बाटो खुलाउन प्रयास गरिरहेको छ।

प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा र सुरक्षाका उच्च अधिकारीहरू सहितको टोलीले शनिबार स्थलगत अवलोकन गरी मर्मतका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

स्थानीय वासिन्दाले खोलामा कटान सुरु हुँदा जानकारी गराए पनि बेवास्ता गरिएकाले स्थिति गम्भीर भएको बताएका छन्।

रामेछापको तीन गाउँपालिकालाई सदरमुकामसँग जोड्ने र काठमाडौंतर्फको वैकल्पिक मार्गका रूपमा प्रयोग हुने यो पुल गत वर्ष खुर्कोटको पुल बगाएपछि झनै महत्त्वपूर्ण बनेको थियो। हाल पनि भारी सवारी यही बाटो भएर चल्ने गरेकामा पुल क्षतिग्रस्त भएपछि आवागमन पूर्ण रूपमा रोकिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *