खेलकुद

प्रधानमन्त्री ओलीको दाबी – नेपालमै रोनाल्डो–मेस्सी जन्मिन्छन्  

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालबाट भविष्यमा रोनाल्डो, मेस्सी र एमबाप्पेजस्तै विश्वस्तरीय फुटबलर उत्पादन हुने दाबी गरेका छन्। उनले सरकार अहिले त्यही दिशामा काम गरिरहेको स्पष्ट पारे।

दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रममा बोल्दै ओलीले नेपालको युवा पुस्तामा अपार सम्भावना रहेको भन्दै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताए। ूहामीले केवल सन्देश दिने होइन, संरचना, वातावरण र अवसर निर्माण गर्दैछौँ,ू उनले भने।

प्रधानमन्त्री ओलीले आधुनिक पूर्वाधार निर्माण पनि सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको अत्याधुनिक रंगशाला निर्माणको तयारी भइरहेको बताए। “तिमीहरू हुर्किदासम्म त्यो रंगशाला तयार भइसकेको हुनेछ,” बाल खेलाडीहरूलाई सम्बोधन गर्दै उनले उत्साहजनक सन्देश दिए।

कार्यक्रममा ओलीको आत्मविश्वास र प्रतिबद्धताले खेल क्षेत्रमा राज्यको संलग्नता बढ्न थालेको संकेत गरे पनि यसले कति प्रभावकारी परिणाम ल्याउँछ भन्ने कुरा भविष्यले देखाउनेछ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *