देश

कोकिन तस्करीमा संलग्न भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो कोकिनसहित एक भारतीय महिला पक्राउ परेकी छिन्। उनको गतिविधि शंकास्पद देखिएपछि लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो।

ब्यूरो प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार, ती महिलाले ह्याण्ड ब्यागलाई विशेष तरिकाले संशोधन गरी प्लास्टिकको ट्युब जस्तो बनाइ कोकिन लुकाएकी थिइन्। झोला नै तस्करीका लागि बनाइएकोजस्तो देखिन्छ, कोइरालाले बताए।

प्रहरीले सोधपुछका क्रममा कोकिन लिन विमानस्थल आएका अर्का भारतीय युवकलाई पनि पक्राउ गरेको छ। उनी बुधबार समातिएका हुन्। दुवैजनामाथि हाल विस्तृत अनुसन्धान भइरहेको छ । अदालतबाट म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरोले हालै रसियन नागरिकसहित अन्य विदेशीहरूलाई पनि लागूऔषधसहित समातेको छ, जसले अन्तर्राष्ट्रिय तस्करी नेटवर्क नेपालमार्फत सक्रिय हुनसक्ने संकेत दिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *