देश

कालीगण्डकी सडक पहिरोले अवरुद्ध

गुल्मी।पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कबीच आज बिहान ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सडक अबरुद्ध भएको जानकारी पाएसँगै प्रहरी चौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। पहिरो पन्छाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *