देश

सांसदहरुको प्रतिक्रिया – ईयूको कालोसूचीबाट हटाउन संस्थागत सुधार अनिवार्य

काठमाडौं । नेपालको हवाई सेवालाई युरोपियन युनियन ९ईयू० को कालोसूचीबाट हटाउन संस्थागत सुधार अनिवार्य रहेको भन्दै सांसदहरूले कानुनी रूपमा ठोस पहल गर्न आग्रह गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक द्दण्डज्ञ’ माथि छलफल गर्दै सांसदहरूले सुधारको खाका स्पष्ट हुनुपर्ने बताए।

सांसद माधव सापकोटाले हवाई क्षेत्रमा दुई निकायको परिकल्पनाले सेवा गुणस्तरमा सुधार ल्याउनुपर्ने बताए। उनले विधेयकले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, सांसद शिशिर खनालले विमानस्थल र त्यसका सेवामा सुरक्षा, दक्षता र सेवा गुणस्तर सुनिश्चित गर्दै अधिकतम आर्थिक लाभ हुने गरी प्रयोगको व्यवस्था हुनुपर्ने सुझाव दिए। समिति सभापति राजकिशोर यादवले विधेयकमाथि दर्ता भएका २८१ वटा संशोधनलाई सान्दर्भिकता र औचित्यका आधारमा समावेश गरिने बताए। साथै, उनले हवाई सेवा र नागरिक उड्डयनसँग सम्बन्धित विधेयकहरू समन्वय गरेर अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।

सारांशमा, सांसदहरूको धारणा एउटै छ— अन्तर्राष्ट्रिय मान्यता पाउन र ईयूको कालोसूचीबाट बाहिरिन, नेपालले अब हवाई सेवा सुधारमा गम्भीरता देखाउनैपर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *