विश्व

थाइल्यान्ड र कम्बोडियाबीच मलेसियामा भएको शान्तिवार्तामा युद्धविराम गर्ने सहमति

विवादित सीमा क्षेत्रका बिषयलाई लिएर कम्बोडिया र थाइल्यान्डबीच भएको शान्ति वार्ताका क्रममा दुई समुहबीच २४ घण्टाको युद्धबिराम हुने भएको छ ।

कम्बोडिया र थाइल्यान्डका नेताहरूबीच मलेशियामा भएको शान्ति वार्ताका क्रममा दुई पक्षबीच २४ घण्टका लागि युृद्धबिराम हुने सहमती भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मलेशियाली प्रधानमन्त्री अनवर इब्राहिमले वार्तामा मध्यस्थतामा भएको वार्तामा अमेरिका र चीनका प्रतिनिधिहरु पनि उपस्थित भएको बुझिएको छ । यसअघि कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले वार्ताको केही घण्टा अगाडि तत्काल युद्धविरामका लागि आह्वान गरेका थिए ।

यस्तै थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले कम्बोडियाले तनाव कम गर्न वास्तविक मनसाय देखाउनुपर्ने बताएका छन् । जुलाई २४ मा यी दुइ समुदायबीच भएको झडपमा ३३ जनाको मृत्यु भएको थियो भने हजारौं विस्थापित भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई वाशिङ्टनसँगको व्यापार वार्ताको पूर्वशर्तका रूपमा युद्धविराममा सहमत हुन आग्रह गरेपछी वार्ता भएको समाचारमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *