महोत्तरी ।मधेश प्रदेशका महोत्तरीसहित विभिन्न जिल्लामा आज नागको पूजा आराधना गरी ‘लगपाँच’ पर्व मनाइँदैछ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नागदेवताप्रति श्रद्धा प्रकट गर्दै घरघरमा विशेष पूजाआजा गरिन्छ।
परम्पराअनुसार मूल घरको चारैतिरको भित्तामा गाईको गोबर प्रयोग गरी नागको चित्र कोरिन्छ। त्यसमा दुबो, सिन्दुर, अक्षता, दूध र लावा चढाएर पूजा गरिन्छ। गृहिणीले स्नानपछि नागचित्र बनाई पूजा गर्ने चलन छ।
महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त झाले नाग पूजा गरेपछि वर्षभरि नागको भय नहुने जनविश्वास रहेको बताए। उनका अनुसार घरका चारै कुनामा नाग चित्र कोरेर मुख्यद्वारमा कागजको नागचित्र टाँस्ने परम्परा रहेको छ।
मधेशमा ‘लगपाँच’ लाई वर्षभरिका पर्वहरूको प्रारम्भिक दिनको रूपमा लिने गरिन्छ।




