मुख्य समाचार

अमेरिकाको डेन्भर विमानस्थलमा ल्यान्डिङ गियर समस्या, ठूलो दुर्घटना हुनबाट जोगियो

वासिङ्टन। अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको उडान ३०२३ ले उडान रद्द गर्नुपर्‍यो । मियामी जाने तयारी रहेको विमानको पछाडिको भागमा आगो लाग्यो र धुवाँको मुस्लो उड्यो ।

विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए । सबैलाई आपतकालीन स्लाइडमार्फत बाहिर निकालिएको थियो । दमकल र विमानस्थलको आपतकालीन टोलीले आगो नियन्त्रणमा ल्याएको थियो ।

घटनामा ६ जनालाई सामान्य चोटपटक लागेको छ । जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ । संघीय उड्डयन प्रशासन र एयरलाइन्सले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *