काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यही साउन २४ गते हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुन लागेको हो । क्यानले यसअघि नै एनपीएलका लागि खेलाडी दर्ता प्रक्रिया जुलाई २२ सम्म खुला गरेको थियो ।
खेलाडी दर्ता प्रक्रियामा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले नाम दर्ता गराएको क्यानले जनाएको छ । लिगका लागि नयाँ खेलाडीहरूका साथै अघिल्लो सिजनका टोलीहरूले रिलिज गरेका खेलाडीहरूले पनि दर्ता गराएका छन् ।
एनपीएलको पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले सहभागिता जनाएको थियो । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।





