देश

बागमती प्रदेश प्राविधिक शिक्षा परिषदमा छ जना मनोनयन, मन्त्री खड्गीले गराइन् सपथ

काठमाडौं । बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम परिषद्का लागि नयाँ सदस्यहरू मनोनयन गरेको छ। साउन ७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार छ जना सदस्य मनोनयन गर्ने निर्णयपश्चात आज उनीहरुलाई बागमति प्रदेश समाजिक मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ) सपथ गराएकी हुन् ।

प्रदेश सरकारद्वारा जारी ‘प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् ऐन, २०७४’ अनुसार परिषद् गठन गरिँदै आएको हो। परिषद्‌मा सामाजिक विकास मन्त्री अध्यक्ष रहनेछन् भने अन्य सदस्यहरूमा नीति तथा योजना आयोग, विभिन्न मन्त्रालयका सचिवहरू, प्राविधिक तालिमका विज्ञ, उद्योग क्षेत्रका प्रतिनिधि र ट्रेड युनियन समन्वय समितिका सदस्यहरू रहने व्यवस्था छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *