काठमाडौं । रुसको पूर्वी सीमावर्ती क्षेत्र आमुरको टिण्डा सहरतर्फ जाँदै गरेको यात्रुवाहक विमान अचानक सम्पर्कविहीन भएको छ। ुएङ्गारा एयरलाइन्सुको एएन–२४ विमानमा ४३ यात्रु ९जसमा पाँच बालबालिकासमेत० र चालक दलका ६ सदस्य थिए।
सीएनएनका अनुसार विमान चीनको सीमामा पर्ने दुर्गम पहाडी क्षेत्रमा हराएको हो। स्थानीय अधिकारीहरूले उद्धार कार्य तीव्र पारिएको जनाएका छन्।
रुसी गभर्नर भासिली ओरलोभले ूसुरक्षाकर्मी, उद्धार टोली र आवश्यक स्रोत परिचालन भइसकेकोू बताएका छन्। तर, कठिन मौसम र दुर्गम भौगोलिक अवस्थाका कारण खोजी कार्यमा चुनौती देखिएको छ।
रुसी आपतकालीन मन्त्रालयले विमानमा करिब ४० जना सवार रहेको दाबी गरेको छ, तर यात्रु संख्याबारेमा केही भ्रम देखिएको छ।
विमानको खोजी कार्य अझै जारी छ, र अहिलेसम्म यसको अवस्थाबारे पुष्टि भएको छैन।




