देश

भक्तपुरमा एकै ठाउँमा दिदीबहिनीको शव फेला

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८ बोडेमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ । उनीहरु सहोदर दिदीबहिनी हुन् ।बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दिदीबहिनीको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानका अनुसार मृतकद्वय सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सृजना कँडेल हुन् । उनीहरू सहोदर दिदीबहिनी भएका प्रहरीले जनाएको छ ।

बिहीबार बिहान पौने सातबजेतिर स्थानीय चक्रधर प्रजापतिको इँट्टा र फलामले बनेको दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरू केही सयमदेखि त्यो घरमा डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ ।डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

दिदी बहिनीले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । तर, त्यसको कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *