देश

गृहमन्त्रालयको ‘कर्मचारी’को आवरणमा दशकौं ठगी खेल, गैरकानुनी कार्यमा लागेका व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं । गृहमन्त्रालयको ‘कर्मचारी’को आवरणमा दशकौं ठगी खेल खेल्दै आएका गंगा हरि न्यौपाने फेरि एकपटक पक्राउ परेका छन्। उनी न कुनै मन्त्रालयका अधिकृत हुन्, न कुनै सरकारी दर्जाका व्यक्ति। तर परिचय पत्रदेखि फारमसम्म नक्कली बनाएर उनले ुनयाँ नेपालुमा ठगीकै संस्थागत रूप देखाइदिएका छन्।

सिन्धुलीका न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीको भीमानबाट समातेको हो। पछिल्लो पटक उनले करारको जागिर दिलाइदिन्छु भन्दै फर्जी फारम भराएर सर्वसाधारणसँग पैसा उठाउँदै थिए।

यो नयाँ कारगुजारि होइन। उनी विगतमा पनि दर्जनौँ ठगी अभियोगमा समातिसकेका व्यक्ति हुन्। २०६९ मा सैनिक आचरणसम्बन्धी मुद्दामा अदालतको कीर्ते पत्र तयार गरेको आरोपमा जेल पुगे। छुटेपछि ुशान्ति सेनाुको सपना देखाएर ४ लाख ठगिए। फेरि, कैदी छुटाइदिन्छु भन्दै १२ लाख हजम गरे।

त्यसपछि जग्गा बेचिदिन्छु ,सहायक सेनानी बनाइदिन्छुु जस्ता झुटा प्रस्तावमार्फत दर्जनौं व्यक्तिलाई ठगेको उजुरी प्रहरीसँग दर्ता छ। अदालतका कागजात समेत कीर्ते गर्ने हैसियतमा पुगेका न्यौपानेको पहुँचको गन्ध राजनीतिसम्म जान्छ कि भन्ने आशंका झन गहिरिँदै गएको छ।

तर आश्चर्य, यस्ता सिजनल ठगुहरू पटक–पटक छुटेर नयाँ मुखौटा लगाइरहन्छन्, अनि प्रहरी प्रशासन पनि उनीहरू समातिन्छन् मात्र भन्ने खबरमै सीमित हुन्छ। अब प्रश्न उठेको छ—कति पटक समातिने? र कहिले बन्द हुने यस्ता ठगीको श्रृंखला ? न्यौपानेको केसले देखाएको छ—ठगीको साम्राज्य बनाउनेहरू कानुनभन्दा अगाडि दौडन सक्छन्, जबसम्म राज्य संयन्त्रको आँखा सुतिरहन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *