काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गत जेठमा आइसीसी डेभलपमेन्ट अवार्डको सूची सार्वजनिक गरेको थियो । यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसियाले यो अवार्ड पाएका छन् ।
नेपालले लगातार दोस्रो वर्ष यो अवार्ड जितेको हो । आइसीसीको वार्षिक कन्फरेन्समा शनिवार अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले उक्त अवार्ड ग्रहण गरेका हुन् ।




