काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा नेतृत्व फेरबदल फेरि दोहोरिएको छ। गृह मन्त्रालयले प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई एक महिनाभन्दा कम समयमै हटाएर खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई नयाँ जिम्मेवारी दिएको छ।
६ जेठमा पाँचथरबाट सरुवा भएर आएका कोइरालाले काम शुरु गर्न नपाउँदै चाप थपिएको थियो। पूर्वप्रमुख तीर्थराज भट्टराईमाथि अख्तियारले छानबिन थालेपछि कोइरालालाई ल्याइएको थियो। तर भट्टराई पक्राउ परेका भोलिपल्टै विमानस्थलमा छापा परेको थियो।
अब फेरि कोइरालालाई हटाएर गृह मन्त्रालयले घिमिरेलाई अध्यागमन प्रमुखको जिम्मा दिएको छ।
विमानस्थल अध्यागमन कार्यालयमा छानबिन र विवादको क्रमसँगै नेतृत्व परिवर्तन पनि तीव्र भएको छ। स्थायीत्वको अभावले सेवा प्रवाह र पारदर्शितामा असर पर्ने चिन्ता बढ्दै गएको छ।




