देश

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ ।लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा परी मृत्यु भएको हो ।

दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन ।असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो कारमा ओलीसहित अरु दुई जना पनि थिए । भारी वर्षा भइरहेका बेला कार सडकमा चिप्लिएर रूखमा ठोक्किन पुग्यो र त्यसपछि आगो लाग्यो । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *