खेलकुद

इस्ट जोन कप विजेता टोलीका खेलाडीलाई जनही ५० हजार

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही रु ५० हजारसहित सम्मान गर्ने भएको छ ।

यही असार २१ गते मलेसियमा सम्पन्न उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जसमा सहभागी टोलीलाई क्यानले जनही रु ५० हजार प्रदान गर्ने क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

नेपालले त्यसअघि समूह चरणको खेलेको सबै खेल जितेको थियो । नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *