देश

राजसंस्थाको नाममा प्रचारमा संविधानविपरितको शब्द उल्लेख गरेपछि पूर्वराजा ज्ञानेन्द्रका सचिवलाई प्रहरीले गर्‍यो सोधपुछ

काठमाडौं । राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने आवाज बीच, पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ। संविधानले औपचारिक रूपमा नचिनिसकेको श्री ५ महाराजधिराजु पदनाम प्रयोग गर्दै जारी भएका विज्ञप्तिहरू र सचिवालयको आधिकारिकताबारे प्रश्न उठाइएको हो।

पाठकलाई काठमाडौं प्रहरी परिसर, भद्रकालीले बोलाएको थियो। प्रहरीका अनुसार, संवाद सचिवालयद्वारा सार्वजनिक गरिएका अभिव्यक्तिहरू संविधानको मर्म र सीमाभन्दा बाहिर जान खोजेको आशंका गरिएको छ। एसपी अपिलराज बोहोराले पठकलाई सोधपुछ गरिएको पुष्टि गर्दै भने, “संविधानले नचिन्ने पदनाम र त्यसको आधिकारिकताबारे बुझ्न बोलाइएको हो।”

संविधानले राजसंस्थालाई मान्यता नदिएको स्पष्ट भइसकेको सन्दर्भमा, यस्ता गतिविधिहरूले कानुनी र राजनीतिक बहस फेरि चर्काउने देखिन्छ। आलोचकहरू भन्छन् – लोकतान्त्रिक प्रणालीको ढोकाबाट श्री ५ फेरि घुसाउने प्रयास नहोस्!

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *