खेलकुद

नेपाल फिफा वरीयतामा एक स्थान खस्कियो

काठमाडौँ। नेपाल फिफा विश्व वरीयतामा एक स्थान खस्किएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान झर्दै एक सय ७६औँ स्थानमा रहेको हो । नेपाले अघिल्ले महिना खेलेको दुईवटा अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

जसमा नेपालले हङकङसँगको मैत्रीपूण खेल गोलरहित बराबरी गरेको थियो । एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत लाओसविरुद्ध तेस्रो चरणको खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो ।

नेपाललाई हराएको लाओस पाँच स्थान माथि उक्लिएर समग्रमा एक सय ८५औँ स्थानमा छ । दक्षिण एसियाली दशेमा भारत शीर्षस्थानमा छ । ६ स्थान सुधार गरेको भारत समग्रमा एक सय ३३औँ स्थानमा छ ।

यस्तै माल्दिभ्स एक सय ७१औँ स्थानमा छ । बङ्गलादेश एक सय ८४औँ, भुटान एक सय ८६औँ, श्रीलङ्का एक सय ९६औँ र पाकिस्तान दुई सय एक स्थानमा छ ।

विश्व वरीयताको शीर्षस्थानमा अर्जेन्टिना रहेको छ । यस्तै स्पेन, फ्रान्स, इङ्ल्यान्ड र ब्राजिल क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *