देश

एम.ए.दोस्रो सेमेष्टर अंग्रेजी विषयको उत्तरपुस्तिका परिक्षणमा लापरबाही, उत्तरपुस्तिका पुनः परीक्षण गर्न स्ववियूद्धारा त्रिविको ध्यानाकर्षण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) स्वतन्त्र विद्यार्थी संगठन (स्ववियु)ले एम .ए दोस्रो सेमेष्टर अंग्रेजी विषयका विद्यार्थीहरूको सहभागितामा उत्तरपुस्तिका परीक्षणमा लापरवाही भएको भन्दै पुनः परीक्षणको मागसहित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय डिनको ध्यानाकर्षण गराएको छ । गत हप्ता सार्वजनिक भएको एम. ए दोस्रो सेमेष्टर अँग्रेजी विषय अन्र्तगत चिल्ड्रेन लिटेचर कोड न.(५६५.१ ) को उत्तरपुस्तिका परिक्षणमा असम्बन्धीत विषयको परिक्षकले परिक्षण गरेको र आरआर क्याम्पसमा अंग्रेजी विषयमा अध्ययनरत विद्यार्थीहरुलाई फेल गराउने नियतले उत्तरपुस्तिका परिक्षण गरिएको भन्दै लगभग तीन दर्जनभन्दा बढि विधार्थीहरुको सहभागितामा मानविकी तथा सामाजिक शास्त्र शंकाय डीनको कार्यालयमा उपस्थित भइ  आज ध्यानाकर्षण गराएको आरआर क्याम्पस स्ववियु सभापति लोकश खड्काले जानकारी दिए । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् –स्वबियु आर.आर क्याम्पस बिधार्थिको हितका लागि सधै प्रतिबद्व रहेको कुरा अबगत गराउदै हालै प्रकाशित स्नातकोत्तर तह दोस्रो सेमेष्टर (चिल्ड्रेन लिटेचर कोड न.( ५६५.१ ) को अन्तिम नतिजा प्रकाशनमा आर.आर क्याम्पसमा अध्ययनरत विद्यार्थीको अन्तिम परिक्षाको उत्तरपुस्तिका जाँचमा भएको लापरबाही तत्काल पुनः परिक्षण गरी कपि पुन चेक गर्नु पर्ने माग सहित ध्यानकर्षण गराएका छौ ।

सम्पूर्णमा जानकारी गराउँदै हालै त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा प्रकाशित स्नातकोत्तर तह दोस्रो सेमेष्टरको नतिजामा रत्न राज्यलक्ष्मी क्याम्पसका थुप्रै विद्यार्थीहरूको नतिजा अत्यन्तै असामान्य र अविश्वसनीय रुपमा आएकोप्रति हाम्रो स्ववियु गम्भीर ध्यानाकर्षण गराउँछ । छात्रछात्राहरूको गुनासो अनुसार, उत्तरपुस्तिका जाँच प्रक्रियामा चरम लापरवाही भएको आशंका प्रष्ट देखिएको छ। परीक्षार्थीहरूको उत्तरपुस्तिका गम्भीरतापूर्वक परीक्षण नगरी अनियमित तरिकाले मूल्याङ्कन गरिएकाले विद्यार्थीहरूको भविष्यमा गम्भीर प्रभाव पर्ने अवस्था सिर्जना भएको छ। यो घटना सम्पूर्ण शैक्षिक प्रणालीमाथि नै प्रश्न उठाउने खालको भएकोले हाम्रो स्ववियु यसप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल उत्तरपुस्तिका पुनः परीक्षण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ, जारी विज्ञप्तीमा भनिएको छ ।

 

 

यस्तै स्ववियूले तीन बुँदे माग समेत अघि बढाएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसका सम्बन्धित विद्यार्थीहरूको उत्तरपुस्तिका तुरुन्त पुनः परीक्षण गरियोस् , मूल्याङ्कनमा लापरवाही गर्ने दोषीमाथि अनुशासनात्मक कारबाही गरियोस्, भविष्यमा यस्ता गम्भीर त्रुटि दोहोरिन नदिन स्थायी प्रणाली निर्माण गरियोस्। यदि तत्काल उचित पहल नभएमा स्ववियु विद्यार्थीहरूको पक्षमा उत्रेर आन्दोलनमा जान बाध्य हुनेछ, र यसको सम्पूर्ण जिम्मेवारी मानविकी तथा सामाजिकशास्त्र डीनले लिनुपर्नेछ समेत जारी विज्ञप्तीमा उल्लेख छ ।

 

यस्तै हालै प्रकाशित नतिजामा अनुचित र गैरजिम्मेवारू मूल्यांकन भएको भन्दै डिन कार्यालयमा औपचारिक निवेदन बुझाएर पुन ः सो विषयको उत्तरपुस्तिका परिक्षण गरी चाँडै नतिजा सार्वजनिक गरिदिन मागसहित हस्ताक्षर संकलन गरेर सामुहिक रुपमा निवेदन दिएको सोही क्याम्पसमा एमए दोस्रो वर्ष अंग्रेजी विषयमा अध्ययनरत एक विद्यार्थीले संकल्प खरबलाई जानकारी दिए । यस्तै रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) अंग्रेजी डिपार्टमेन्टले समेत पूर्वाग्राही ढङगबाट उत्तरपुस्तिका परिक्षण गरिएकाले विद्यार्थीहरुले सो विषयको परिक्षामा अनुत्तीर्ण भएको र आँफूले चाहे अनुरुपको नतिजा प्राप्त गर्न नसक्दा उनीहरुलाई समस्या परेको जनाएको छ । यस्तै त्रिभुवन विश्वविद्यालयका सहायक डिन किरण आर्चायले सो विषयमा विद्यार्थीहरुको ध्यानाकर्षणलाई सकरात्मक रहेको जवाफ दिदैँ संकल्प खबरसँग भने,‘ हामिले विद्यार्थीहरुको ध्यानाकर्षणलाई सकरात्मक लिएका छौँ , यदि नियम सम्मत रातो किताबमा उल्लेख गरिएको नियमसँग मेल खाएमा हामि पुनः उत्तरपुस्तिका चेक गराउने विषयमा केन्द्रित हुनेछौँ , रातो किताबमा के लेखिएको छ हेर्नुपर्छ, तर विद्यार्थीहरुले भने जस्तो पूर्वाग्राही भएर गैरजिम्मेवारी भएर परिक्षकहरुले कपि काटे जस्तो लाग्दैन् ।’ तर उनले सो प्रतिक्रिया दिएपनि त्रिविले विगतदेखि नै उत्तरपुस्तिका परिक्षण,रिटोटलिङका विषयमा गैरजिम्मेवार बन्दा विद्यार्थीहरुले ठूलो समस्या भोग्नु परेको समाचारहरु विभिन्न संचारमाध्यमहरुमा प्रकाशित भइसकेका छन् । त्यसैले त्रिविले हरेक पक्ष सुधारमा ध्यान दिनुपर्ने देखिएको छ ।

 

विद्यार्थीहरूले परीक्षकहरूले उत्तरपुस्तिका परीक्षणमा आफ्नो पेशागत जिम्मेवारीको गम्भीर उल्लङ्घन गरेको बताएका छन् । परीक्षण प्रक्रियामा आवश्यक मापदण्ड नअपनाइँदा, कैयौं विद्यार्थी अन्यायमा परेका छन्। मूल्यांकनको यस लापरबाहीले नतिजामा नकारात्मक असर पारेको मात्र होइन, विद्यार्थीको मनोबल र शैक्षिक भविष्यमै चोट पुर्‍याएको छ।

यो घटनाले त्रिविका मूल्यांकन प्रणालीप्रति गहिरो प्रश्न उठाएको छ—के विश्वविद्यालयले वास्तवमै शिक्षाको स्तर र निष्पक्षताको संरक्षण गरिरहेको छ ? वा के प्रशासनिक बेवास्ता र निष्क्रियताले विद्यार्थीहरूलाई निरन्तर अन्यायमा पारिरहेकै छ ?

विद्यार्थीहरूले आफ्नो मागलाई स्पष्ट रूपमा राख्दै चेतावनी दिएका छन् । उनीहरुले परिक्षा नियन्त्रणकार्यालय डिनको कार्यालय बल्खुमा निवेदन बुझाउँदै पुनः परीक्षणको मागलाई बेवास्ता गरे त्यसबाट उत्पन्न हुने सबै असरको जिम्मेवारी डिन कार्यालयले लिनुपर्ने चेतावनी दिएका हुन् । सो कुरा उल्लेखित निवेदन समेत उल्लेख गरिएको छ ।

शिक्षा प्रणालीलाई सुधार्ने नाममा बारम्बार प्रतिवद्धता जनाउने त्रिविका लागि यो घटना आफैंमा एउटा गम्भीर चेतावनी हो—शिक्षाको मूल्यांकनमा लापरबाही अब सह्य छैन। अंग्रेजी विषय दोस्रो समेस्टार अन्र्तगत चिल्ड्रेन लिटेचरको मात्र होइन्, अन्य विषयको उत्तरपुस्तिका समेत राम्ररी परिक्षण नगरिएकाले अन्य विषयमा समेत आफूहरु अनुतीर्ण भएको विद्यार्थीहरुको गुनासो रहेको छ ।

सो विषयमा मात्र होइन्, त्रि.विले विद्यार्थीहरुको परिश्रम र सुनौलो भविष्यको मुल्याङकण नगरि गैरजिम्मेवारी ढङ्गबाट अगाडी बढ्दा हजारौँ विद्यार्थीहरुको भविष्य अन्धाकारमा पर्दै गएको छ । त्रिविले विगतका वर्षहरुमा समेत स्नातक र, स्नातकोत्तर तहको परिक्षार्थीहरुको उत्तरपुस्तिका परिक्षणमा ध्यान नदिदाँ कतिपयले पुनः परिक्षा दिनु परेको छ । त्रिविमा शक्ति,सत्ता र पावरका आधारमा कर्मचारी नियुक्ति गर्ने प्रणालीले सिस्टममाथि नै प्रश्न चिह्न खडा गरेको छ । विभिन्न राजनैतिक दलको दबाब र प्रभावमा कर्मचारीहरु नियुक्ति गर्ने परिपार्टीले योग्य र सक्षम नागरिकहरुले अवसर गुमाउनु परेको छ , त्यसको असर त्रिविमा मात्रै परेको छैन्, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विद्यार्थीहरुमा समेत परेको छ ।

त्रिविको गैरजिम्मेवारी यति मात्र छैन । परिक्षाको नतिजा सार्वजनिक पश्चात आफ्नो नतिजामा चित्त नबुझे रिटोटलिङ गर्न समेत त्रिविले सुचना सार्वजनिक गर्छ ,तर विद्यार्थीहरुले प्रत्येक विषयमा चार/पाँच सय रुपैँया बुझाएर पुर्नयोग गर्छन तर पुनः उत्तरपुस्तिका परिक्षण गर्नुको सट्टा उत्तरपुस्तिका खोज्नको दुःखले उत्तरपुस्तिका नै नहेरी पुरानै नम्बर राखेर नतिजा सार्जजनिक गर्ने गरेका तथ्यहरु विभिन्न सामाजिक संञ्जाल र संचारमाध्यमहरुमा सार्वजनिक हुने गरेका छन् । आफूले चित्त नबुझेर पुनः परिक्षणका लागि निवेदन दिएपनि आफूले सो परिक्षाको उत्तरपुस्तिका हेर्न माग्दा समेत त्रिविले हेर्न नमिल्ने भन्दै पठाउने गरेको स्नातक तथा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीहरुले गुनासो राख्दै आएका छन् । त्रिविले विद्याथीहरुलाई सहजिकरण गर्नुको सट्टा अधिकारमा समेत हस्तक्षप गर्नु गैरकानुनी कार्य हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *