देश

उद्धारका लागि गएका सहायक हवल्दार भिरबाट खसे, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं । रसुवामा बाढीबाट फसेका नागरिकको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक सहायक हवल्दार भिरबाट खसेर घाइते भएका छन्।

गोसाइँकुण्ड गाउँपालिका–३ लिङलिङमा उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरीको २ नम्बर गुल्मको टोलीमा सहभागी सहायक हवल्दार विशाल थापा करिब १० मिटर तल खोँचामा खसेका हुन्।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार थापाको टाउको र घुँडामा चोट लागेको छ। प्रारम्भिक उपचारका लागि उनलाई स्ट्रेचरमार्फत टिमुरेतर्फ लगिएको भए पनि अवस्था गम्भीर देखिएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

घाइते थापाको उपचार सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा गरिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *