विश्व

अब अमेरिकी एयरपोर्टको यात्रु जाँचकक्षमा यात्रुले जुत्ता खोल्नु नपर्ने

काठमाडौँ । अबदेखि अमेरिकाका विमानस्थलहरूमा यात्रुहरूले सुरक्षा जाँचका क्रममा जुत्ता खोल्नु नपर्ने भएको छ ।

बीबीसीका अनुसार, परिवहन सुरक्षा प्रशासन (टीएसए) ले झण्डै दुई दशकपछि यात्रु जाँचका क्रममा जुत्ता खोल्ने नियम हटाएको हो।

गृह सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार, यो नयाँ व्यवस्था अमेरिकाका सबै विमानस्थलहरूमा तत्काल लागु गरिएको छ। यद्यपि, यात्रुहरूले अझै पनि ‘बहुस्तरीय’ सुरक्षा जाँच प्रक्रियाको सामना गर्नुपर्नेछ।

नोएमले थपिन्, ‘यात्रुहरूले पेटी र कोट भने अझै पनि खोल्नुपर्नेछ, साथै ल्यापटप र तरल पदार्थहरू झोलाबाट निकाल्नुपर्नेछ।’

उनले यी नियमहरूमाथि पनि पुनरावलोकन भइरहेको जानकारी दिइन् । यो नियम २००१ को डिसेम्बरमा भएको एक घटनापछि लागू गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *