देश

रसुवागढी बाढी : जलविद्युत आयोजनामा फसेका २३ जनाको हेलिकप्टरमार्फत सकुशल उद्धार

काठमाडौं । रसुवाको गोसाईंकुण्ड–२ स्थित रसुवागढी जलविद्युत आयोजनामा बाढीले फसेका २३ जनालाई हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

नेपाल–चीन सीमाको लेन्डे खोलाबाट आएको बाढीका कारण आयोजनामा कार्यरत कर्मचारीहरू जोखिममा परेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार कार्य सञ्चालन गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धारमा एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर प्रयोग गरिएको हो। उद्धार गरिएका मध्ये एक जना चिनियाँ नागरिक, १५ जना पुरुष र २ जना महिला रहेका छन्।

सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार हालसम्म विभिन्न स्थानबाट ५० जनाको उद्धार भइसकेको छ।
बाढीका कारण सम्पर्कविहीन भएका अन्य व्यक्तिहरूको खोजीका लागि धादिङ र रसुवाबाट थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।
उद्धार कार्य अझै पनि जारी छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *