देश

सवारी चालक अनुमति प्रणालीमा समस्या, सबै सेवा बन्द

काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या आएको भन्दै यातायात व्यवस्था विभागले सम्बन्धित सबै सेवा आजदेखि अनिश्चितकालका लागि बन्द गरेको छ।

विभागले सोमबार सूचना जारी गर्दै ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणालीसमेत सञ्चालनमा नरहेको जनाएको छ।

विभागको सूचनामा भनिएको छ:
“सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) बन्द भएको व्यहोरा जानकारी गराइन्छ।”

विभागले समस्या समाधानको प्रयास भइरहेको जनाएको छ। अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि सवारी अनुमति प्रणालीसम्बन्धी कुनै पनि सेवा नपाइने स्पष्ट गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *