खेलकुद

एसीसी यू–१६ इस्ट जोन कप : नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै छ ।

नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल अहिले विहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो ।

समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।

त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो ।

उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो ।

आजै हुने अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *