देश

राष्ट्रियसभाबाट बजेट बहुमतले पारित

काठमाडौं ।राष्ट्रियसभा बैठकले विनियोजन विधेयक २०८२ (बजेट) लाई बहुमतले पारित गरेको छ।बुधबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई पारित गर्ने प्रस्तावलाई सदनले स्वीकृति दिएको हो।

साथै, बैठकले ‘आश्रित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको छ।

त्यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयकलाई पारित गरियोस् भन्ने अर्थमन्त्रीको प्रस्तावलाई पनि पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते शुक्रबार बोलाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *