काठमाडौँ । असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ ।
सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेका हुन् ।
बैठकले प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने निर्णय पनि गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ भने राष्ट्रिय पर्यटन नीति २०८२ स्वीकृत गरेको छ ।





