कर्णाली प्रदेश

कर्णाली राजमार्ग: गगने खाेला अबरुद्व खुल्याे, यात्रामा सास्ती

जुम्ला । अविरल वर्षापछि अबरुद्व कर्णाली राजमार्गकाे गगनेखाेलाकाे अबरुद्व खुलेकाे छ । गएरातीदेखि भएकाे अविरल वर्षापछि आएकाे पहिराेले विहान ६ बजेदेखि अरुबद्व सडक खुलेकाे सडक डिभिजन जुम्लाले जानकारी दिएकाे छ ।

कालिकाेट स्थित गगनेखाेलाकाे पहिराे पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिराे खसेर सडक अबरुद्व भएकाे छ ।

राजमार्गकाे अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ भने कालीकोटको जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आइ सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चाैधरीले जानकारी दिए ।

जिते गाडकाे पहिराे पन्छाउन उक्त स्थानमा सडक सुचारुको लागि हेभी मेसिनले काम गरिरहेको छ । जितेगाडमा साढे ८ बजे सडक अबरुद्व भएकाे हाे । सडक अबरुद्व भएपछि यात्रुले सास्ती पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *