देश

काँग्रेसले केन्द्रीय समितिको बैठकमा सरकार र बजेटको विषयमा छलफल गर्ने

काठमाडौँ ।सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकका लागि छलफलका एजेन्डाहरू तय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भएको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा तथा प्रदेश र केन्द्रको बजेटबारे छलफल गर्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, बैठकमा भ्रातृ सङ्गठनलाई थप समय दिने विषयमा पनि छलफल हुनेछ। साथै, विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने र संगठनात्मक कार्यक्रम ‘सय दिने अभियान’ को प्रगतिबारे पनि समीक्षा गरिने छ।

बैठकमा प्रदेशमा रहेका मुख्यमन्त्रीहरूलाई बोलाएर बजेटसम्बन्धी छलफल गर्ने तयारी रहेको र क्रियाशील सदस्यताको अवस्थाबारे पनि छलफल हुने बताइएको छ। महतले सरकार कसरी अघि बढिरहेको छ र राजनीतिक अवस्था कस्तो छ भन्ने विषयमा पनि विस्तृत छलफल हुने जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *