देश

राष्ट्रियसभा: विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथिकाे छलफल जारी

काठमाडौं।राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत १४ मन्त्रालयको शीर्षकमाथि छलफल जारी छ। आजको कार्यसूचीअनुसार कानुन, वन, महिला तथा बालबालिका, सहरी विकास, उद्योग, अर्थ, परराष्ट्र, ऊर्जा, खानेपानीलगायतका मन्त्रालयको बजेट शीर्षकमाथि बहस भइरहेको छ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ती शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव नआएको जानकारी दिए। छलफलमा सांसद तुलसाकुमारी दाहाल, सुरेश आलेम मगर, नारायणदत्त मिश्र, उदयबहादुर बोहरा, सोनाम ग्याल्जेन शेर्पालगायत १४ जना सांसदले भाग लिए।

सांसदहरूले पर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन, स्वास्थ्य पूर्वाधारको सुधार, व्यापार घाटा न्यूनीकरण र कृषि उत्पादन वृद्धिमा सरकारको ध्यान जानुपर्ने सुझाव दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *