देश

प्रधानमन्त्री ओली मेड्रिडमा, सम्मेलनमा सहभागी हुन सेभिल्ला प्रस्थान गर्ने

मेड्रिड (स्पेन)। विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेनको राजधानी मेड्रिड आइपुगेका छन्।

उहाँलाई मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा तथा स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरे।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *