देश

स्थानीय तहको बजेटमा फरक प्राथमिकता: सिप विकास र सहरी सौन्दर्यतर्फ बढ्दो ध्यान

काठमाडौँ।आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७१४ स्थानीय तहले प्रस्तुत गरेका बजेटमा फरक–फरक प्राथमिकता समेटिएका छन्। दुर्गम क्षेत्रका स्थानीय तहहरूले अझै पनि भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेका छन् भने ठूला नगरहरूले सिप विकास, रोजगारी प्रवर्धन, सूचना प्रविधि, र सहरी सौन्दर्यतर्फ ध्यान दिइरहेका छन्।

ललितपुर महानगरपालिकाले रोजगारीमूलक कार्यक्रम, शिक्षा, बालमैत्री व्यवस्था, विपत् न्यूनीकरण, र वातावरण संरक्षणमा बजेट केन्द्रित गरेको छ। प्रमुख चिरीबाबु महर्जनले भौतिक पूर्वाधारका काम अन्त्यतिर पुगेकाले अब सिप र जनसशक्ती विकासमा बजेट केन्द्रित हुने बताए।

इटहरी उपमहानगरपालिकाले सहरको सौन्दर्यीकरण, बाढी नियन्त्रण, र गुरुयोजना निर्माणलाई प्राथमिकता दिएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिकाले पारदर्शिता, सुशासन, लैङ्गिक समानता, र सामाजिक समावेशीकरणमा जोड दिएको छ।

टोखा नगरपालिकाले रोजगारी सिर्जना, उद्यम प्रवर्द्धन, कर प्रणाली सुधार र गरिबी निवारणलाई बजेटमा प्राथमिकता दिएको जनाएको छ।

सङ्घीयताविद् डा. खिमलाल देवकोटाका अनुसार विगत केही वर्षको तुलना गर्दा ठूला स्थानीय तहहरू अब सिप विकास, सहरी सुधार र समावेशीतर्फ केन्द्रित हुँदै गएका छन्, भने दुर्गम क्षेत्रका पालिकाहरू अझै भौतिक पूर्वाधारमै केन्द्रित छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *