देश

मनहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार

ललितपुर । ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोट घर भएका १८ वर्षीय आयुष बडालले बुधबार बिहान करिब ६:४० बजे खोलामा हाम फालेका थिए। उनी ललितपुरको पुनर्जिवन अस्पतालमा मानसिक स्वास्थ्यको उपचार गराइरहेका थिए।

घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण दक्षिणकाली ललितपुरबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षामा खटिएको टोलीले तत्काल उद्धार गरेको हो।

उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *