काठमाडौँ।प्रतिनिधिसभाको आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्वीकार गरेको छ।
बैठकमा सांसद डा. अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्यामु लामा (तामाङ), गङ्गा कार्की र लेखनाथ दाहालले प्रस्तुत गरेका खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत भएका हुन्।
बैठकले ती प्रस्तावहरूलाई आवश्यक नदेखिएको भन्दै अस्वीकृत गर्ने निर्णय गरेको हो।




