देश

काँग्रेस सभापति देउवाद्वारा मिठु आचार्यको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मधु आचार्यकी माता तथा राष्ट्रिय सभाका सांसद कमला पन्तकी सासू आमा मिठु आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । मिठु आचार्यको यही असार ६ गते भएको निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । देशको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी आचार्यको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *