देश

भदौ मसान्तसम्म सडक खन्न निषेध, अनुमति बिना खने कडा कारबाही हुने

काठमाडौं। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले असार ३ गतेदेखि २०८२ साल भदौ मसान्तसम्म सडक खन्न निषेध गर्ने निर्णय गरेको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै वर्षायाममा पाइपलाइन (धारा, ढल), बिजुली, टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भव नहुने र सडकको अवस्था झनै बिग्रने भएकाले यस्तो निर्णय गरिएको जनाएको छ।

सूचनामा भनिएको छ, “वर्षायाममा सडक खन्ने कार्य तत्कालै मर्मत गर्न सकिने अवस्था नहुने र सडक थप बिग्रने भएकाले मिति २०८२ असार ३ देखि २०८२ भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहतमा पर्ने कुनै पनि सडक खन्न स्वीकृति दिइने छैन। स्वीकृति नलिई सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कानुनी कारबाही गरिनेछ।”

अनुगमन कार्यालय अन्तर्गत हाल १० वटा सडक डिभिजन रहेका छन्। ती सबैलाई यस अवधिमा सडक खन्न अनुमति नदिन परिपत्र पठाइएको कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *