देश

रास्वपाको निरन्तर संसद अबरोध, गृहमन्त्रीको राजीनामा माग गर्दै आन्दोलन जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसदमा अबरोध गरिरहेको छ ।

गत असार १३ गते देखी निरन्तर अबरोध गरिरहेको रास्वपाले आज पनि संसद अबरोध गरिरहेको हो । रास्वपाको अबरोधका बिचमा पनि सभामुख देबराज घिमिरेले संसद भने निरन्तर चलाइरहेको छ ।

रास्वपाका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको आरोपसमेत लगाएका छन ।

उनले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? भनेर प्रश्नसमेत गरेका छन। उनले आफूहरूको आन्दोलन जारी रहेको भन्दै गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म आफूहरू अडान नछाड्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *