विश्व

इरान–इजरायल युद्धले कच्चा तेलको मूल्य ७७ डलरसम्म पुग्यो

काठमाडौं । इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। युद्धका कारण मध्यपूर्वमा आपूर्ति संकटको सम्भावनाले बजारमा मूल्यमा तेज वृद्धि देखिएको हो।

बिहीबार विश्वबजारमा कच्चा तेलको मूल्य बढेर एक ब्यारेलको ७७ अमेरिकी डलर पुगेको छ। एक साता नपुग्दै तेलको मूल्य ७ डलरले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुरवान क्रुड कच्चा तेलको मूल्य ब्यारेलको ७६.७० डलर पुगेको छ भने ब्रेन्ट क्रुड ७६.१८ डलरमा कारोबार भइरहेको आयलप्राइस डटकमले जनाएको छ।

युद्धमा अमेरिका समेत मिसिने सम्भावना बढेपछि मध्यपूर्वमा त्रास फैलिएको छ। युद्धले खाडी मुलुकहरूबाट हुने पेट्रोलियम आपूर्तिमा असर गर्न थालेको जनाइएको छ। आपूर्ति घट्ने चिन्ताले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा दवाव परेको हो।

इरान आफैंमा ठूलो कच्चा तेल उत्पादक मुलुक भएकाले युद्धले तेल उत्पादन र निर्यातमा प्रत्यक्ष असर पार्ने प्रक्षेपण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *