देश

राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

काठमाडौँ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य आरोपीमध्ये एक, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई जिल्ला अदालत काठमाडौंले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको अभियोग लगाइएको थियो।

यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि यही मुद्दाअन्तर्गत तीन लाख धरौटीमा छाडिएको थियो।

तीनकुनेको प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय, काठमाडौंले मिश्रसहित ६१ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *